ट्रेण्डिङ

होमपेज / कला / साहित्य

कोरिया उड्यो नेपाल आइडलको टिम

नेपालगाथा २०७५ माघ २१ गते सोमबार १०:४६:०१ मा प्रकाशित

नेपाल आइडल सिजन–२ का विजेता रवि ओड सहित टप ६ आज कोरिया प्रस्थान गरेको छ । अष्ट्रेलिया भ्रमणमा रहेका टप नेपाल आइडल टप ६ को टोलि अष्ट्रेलियाका विभिन्न सहरमा भएका कार्यक्रममा आफ्नो प्रस्तुति दिदै आज उतै बाट कोरिया प्रस्थान गरेका हुन्छ ।

कोरिया प्रस्थान गरेको जानकारी नेपाल आइडल रविले फेसबुक मार्फत गराएका छ । असअघि जापान र अष्ट्रेलियामा नेपाली हरुको भरपुर माया साथ र सहयोग पाएका उनीहरु कोरियामा पनि नेपालीहरु माझ रमाउने योजनामा छन् ।

कोरिया जानु पहिलेका केहि दिन नेपाल आइडलका टप ६ अष्ट्रेलियामा बस्दै आएका नेपालीसँग रमाएका थिए । नेपाल आइडलको उपाधि जितिसके पछी रविको दिन चर्या नै बदलिएको छ । रवि सहित नेपाल आइडलका टप ६ ले अष्ट्रेलियाका बिभिन्न सहरमा भैरहेका कार्यक्रममा नेपाली हरुलाई झुमाएका थिए ।

रवि आइडल घोषित भएपछि दैनिकी निकै फेरिएको छ । कामको चापले उनी फूर्सद नै निकाल्न पाएका छैनन् ।

देश बिदेशका विभिन्न सांगीतिक कार्यक्रमको लोड यतिबेला नेपाल आइडलका बिजेताहरु माथि परेको देख्न सकिन्छ । उनीहरु यतिबेला सेडुलको जिन्दगि बाचिरहेका छन् भन्दा पनि फरक नपर्ला ।

अष्ट्रेलियामा पुगेका उनीहरु बिभिन्न सांगीतिक कार्यक्रम सहित घुम घाममा ब्यस्त छन् भने रमाइलो समेत गरिरहेका छन् । नेपाल आइडल सिजन १ र सिजन २ सम्पन्न भई सकेको छ भने अब तेश्रो सिजनको तयारीमा रहेको छ नेपाल आइडल आयोजक टिम।

नेपाल आइडल सिजन १ का बिजेता बुद्ध लामा भएका थिए भने दोश्रो नेपाल आइडल सिजनका बिजेता रवी ओड बनेका छन। अहिले नेपाल आइडलको टोलि विश्व भ्रमणमा रहेका छन। यस अघि जापानको सांगेतिक यात्रा सम्पन्न गरि सकेका नेपाल आइडलको टिम अब अस्ट्रेलिया पछी अन्य देशमा जाने छन।

प्रतिक्रिया

सम्बन्धित खवर

Top