ट्रेण्डिङ

होमपेज / कला / साहित्य

‘यात्रा फिल्म निमार्ण गर्दा पाँच गुना लगानी’

नेपालगाथा २०७५ माघ २० गते आइतबार १३:१७:०९ मा प्रकाशित

काठमाडौं  । एक यात्रीको यात्रामा आइपर्ने अनेक परिस्थितिलाई चित्रण गरिएको फिल्म ‘यात्राः ए म्युजिकल भ्लग’को टिजर सार्वजनिक भएको छ । राजधानीमा बिहीबार एक कार्यक्रमकाबीच टिजर सार्वजनिक गरिएको हो ।

सार्वजनिक टिजरमा नायक सलिनमान बनियाँ, प्रेक्षा बज्राचार्य, सलोन बस्नेतलगायतका कलाकार फिचर्ड छन्। सम्राट शाक्यको ‘डेब्यु’ निर्देशन रहेको फिल्ममा निर्माता तथा कलाकार केशव भट्टराई प्रस्तुतकर्ता छन्। केशवले फिल्म छायांकनको झण्डै डेढ वर्ष पछि दर्शकमाझ आउन लागेको बताए।

‘झण्डै डेढ वर्ष पछि दर्शकमाझ आउँदैछौं। केही प्राविधिक तथा केही भौगोलिक समस्याले समयमा नै काम गर्न सकिएन’, उनले भने, ‘यो फिल्ममा खर्च पनि राम्रै भएको छ। मैले निर्माण गरिरहेको फिल्मको खर्च भन्दा पाँच गुना बढी खर्च भएको छ।’

उनले अहिलेको वनावट अनुसार नै फिल्म निर्माण गरेको जनाए । निर्देशक शाक्यले ‘यात्रा’को यात्रा सहज नभएको खुलाए। ‘फिल्ममा सहायक निर्देशकका रूपमा काम गरिरहेको म पुर्ण निर्देशक बन्दा केही असहज पनि भयो।

फिल्मका कलाकार र निर्माताको सहयोगले यात्रा सहज बनेको छ’, सम्राटले भने, ‘फिल्ममा सलिन छन्। त्यसैले पनि यसलाई मैले अवसर र चुनौतीको रूपमा लिएको छु। फिल्म हेरिरहँदा नेपालको सुन्दरतासँगै दर्शकले एउटा सरल कथालाई हेर्न पाउनु हुनेछ।’

प्रतिक्रिया

सम्बन्धित खवर

Top