ट्रेण्डिङ

होमपेज / कला / साहित्य

चाैरजहारी महाेत्सवमा महानायक देखि जन गायकसम्मकाे प्रस्तुत रहने

नेपालगाथा २०७५ माघ २० गते आइतबार ०८:०२:३७ मा प्रकाशित

डिल्लीबहादुर खत्री, चाैरजहारी । रुकुम पश्चिम चाैरजहारी नगरपालिकामा उद्योग वाणिज्य संघ चाैरजहारीकाे अायाेजनामा यही फागुन ७ गतेदेखि १७ गतेसम्म साँस्कृतिक महाेत्सव सञ्चालन हुने भएको छ ।

कृषि , पर्यटन , कला र ब्यापार विकासको लागि महाेत्सवकाे आयाेजना गरिएको हाे । १० दिनसम्म सञ्चालन हुने महाेत्सवमा महानायक राजेश हमाल देखि जन गायक जीवन शर्माको प्रस्तुत रहने बताइएको छ ।

महाेत्सव प्रचारप्रसार समिति संयाेजक यदु अाचार्यका अनुसार कलाकारहरु बिराज भट्ट , सुस्मा अधिकारी , हेमन्त राई , प्रकाश सपूत , मेलिना राई लगायत राष्ट्रिय तथा स्थानीय कलाकारकाे प्रस्तुत रहने छ ।

उनका अनुसार महाेत्सवकाे अवधिभर भेरी नदिमा र्‍याफि्टङकाे ब्यवस्था मिलाइने छ भने कृषि , पर्यटन र व्यापारीक स्टलहरु पनि राखिनेछ । महाेत्सवबाट नगरपालिका भित्रका पर्यटकिय स्थलहरुकाे विकास गरिनेछ संयाेजक अाचार्यले भने लाेक संस्कृति झल्कने किसिमको सिँगारु , पैसेरु जस्ता नाच पनि प्रस्तुत गरिनेछ ।

त्यस्तै चाैरजहारी उद्योग वाणिज्य संघका अध्यक्ष प्रेम सुनारले भने महाेत्सवबाट संकलन भएको रकमबाट उद्योग वाणिज्य संघकाे भवन निर्माणसँगै भ्याली भित्र सार्वजनिक शाैचालय निर्माण गरिनेछ ।

यसअघि नगरपालिकाले पहिलो नगर सभाबाट नै बजार क्षेत्रमा सार्वजनिक शाैचालय निर्माण गर्ने भनेपनि अहिलेसम्म निर्माण गर्न सकेको छैन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top