ट्रेण्डिङ

होमपेज / कला / साहित्य

संस्कृतिको संरक्षण गर्न बागीनाकाे सांझ कार्यक्रम

नेपालगाथा २०७५ माघ ३ गते बिहीबार १३:५६:१३ मा प्रकाशित

सुर्खेत । विगत २ दशक देखि सुर्खेत सहित कर्णाली प्रदेशको कला संस्कृतिको संरक्षण गर्दै आएको बागीना समुह सुर्खेतले यहि मंसिर २७ गते बागीना सांझ कार्यक्रमको आयोजना गर्ने भएको छ । मंगलबार विरेन्द्रनगरमा पत्रकार सम्मेलनको आयोजना मार्फत एक दिने बागीना सांझ कार्यक्रम गर्ने बागीनाले जानकानरी दिएको हो ।

पछिल्लो समय सुर्खेतमा सांगीतिक माहोल सुनसान हुदै गएको भन्दै बागीनाले सांस्कृतिक जागरण ल्याउने उदेश्यले कार्यक्रम गर्न लागेको बागीना समुहका अध्यक्ष गोबिन्द काईरालाले जानकारी दिनुभयो । २७ गते बेलुकी ५ बजेदेखी साढे २ घण्टा सम्म सञ्चालन हुने कार्यक्रममा बागीनाको प्राङ्गणमा खुल्ला रुपले प्रस्तुति हुने बागीना समुहका संयोजनक नन्दा बस्यालले जानकारी दिनुभयो ।

कर्णाली प्रदेशकमा मुख्यमन्त्री , मन्त्री , सांसद लगायत अन्य बिशिष्ट व्यक्तिहरु उपस्थित हुने कार्यक्रममा यस क्षेत्रका विभिन्न भेषभुषा जातजापतका पहिचान झल्कने मौलीक नृत्य प्रर्दशन गरिने संयोजक बस्यालले बताउनुभयो ।

कार्यक्रममा सुर्खेत बाट राष्ट्रिय स्तरसम्म परिचित कलाकारहरु गायीका टिका पुन , शिव संगित , मोडल दिपाशा बिसी हास्यकलाकार संध्या बुढा काउली बुढी लगायतको प्रस्तुती रहने संयोजक बस्यालले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top