ट्रेण्डिङ

होमपेज / कला / साहित्य

पुष्पल र आँचलको ‘भिजिट भीसा’ गणतन्त्र पार्कमा

नेपालगाथा २०७५ माघ ३ गते बिहीबार १३:४८:३७ मा प्रकाशित

निर्माण सम्पन्न भैसक्दा पनि अझै उद्घाटन भैनसकेको ‘गणतन्त्र पार्क’मा पहिलो पटक नेपाली चलचित्रको छायांकन गरिएको छ । वैशाख १३ गतेबाट रिलिज हुन लागेको चलचित्र ‘दाल भात तरकारी’मा समावेश ‘भिजिट भीसा’मा बोलको गीत गणतन्त्र पार्कमा खिचिएको छ । शम्भुजित बास्कोटाको संगीतमा तयार भएको गीतको भिडियोलाई कविराज गहतराजले कोरियोग्राफी गरिरहेका छन् । यो गीतको भिडियोमा चलचित्रका सबै कलाकारलाई देख्न पाइनेछ । गीतमा मुख्य कलाकार हरिवंश आचार्य, नायिका निरुता सिंह, नायक पुष्पल खड्का, नायिका आँचल शर्मा र नायिका बर्षा राउत, कलाकार राजाराम पौडेललाई देख्न सकिनेछ । यो गीतको छायांकन त्रिभुवन विमानस्थल र हायात होटलमा पनि गरिएको छ । ९० भन्दा बढी कोरसको साथमा गणतन्त्र पार्कमा गीतको छायांकन भैरहँदा यसका मुख्य कलाकार पुष्पल खड्का र आँचल शर्मा उत्साहित देखिए ।

आँचलले भनिन्–‘सायद, पहिलो पटक मैले यति फुर्तीका साथ नृत्य गरिरहेको छु ।’ उनले, यो गीतमा आफूलाई दर्शकले मन पराउने विश्वास व्यक्त गरिन् । यस्तै, नायक पुष्पल खड्काले पनि भिडियो उत्कृष्ट बनेको बताए । चलचित्रका मुख्य कलाकार हरिवंश आचार्यले भने–‘नाँच्न त मलाई खासै डर लाग्दैन । फेरि म कोरियोग्राफरका अनुसार नाच्न सक्दिनँ । मेरो आफ्नै स्टेप छ ।’ यस्तै, छायांकन स्थलमा भेटिएकी नायिका निरुता सिंहले भनिन्–‘पुराना र नयाँ कलाकारको टिमले चलचित्र पनि उत्कृष्ट बनेको छ । यो गीत त झनै लोभलाग्दो छ ।’ सुदन केसीको निर्देशनमा तयार भैरहेको चलचित्रलाई मह संचारको प्रस्तुतिमा किरण केसीले निर्माण गरिरहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top