ट्रेण्डिङ

होमपेज / कला / साहित्य

‘तेरो आफ्नो’ गीत सार्वजनिक

नेपालगाथा २०७५ माघ ३ गते बिहीबार १३:४५:४२ मा प्रकाशित

काठमाडौं । रिलिज मिति नजिकिँदै गएपछि फिल्म ‘गोपी’ले दोस्रो गीत ‘तेरो आफ्नो’ सार्वजनिक गरेको छ । शिव परियारको स्वर रहेको गीतमा विप्लव प्रतीकको शब्द र  कल्याण सिंहको संगीत छ। आरोही इन्टरटेनमेन्टको व्यानरमा आरोही केसीले निर्माण गरेको फिल्ममा दीपेन्द्र लामाको कथा तथा निर्देशन छ । आगामी माघ १८ देखि रिलिज हुने फिल्मका निर्देशक लामाले स्वावलम्बनको विषयमा फिल्म बनेकाले दोस्रो गीतलाई ‘थिम सङ’का रूपमा तयार पारिएको बताए । दीपेन्द्रले यसअघि फिल्म ‘घामपानी’ निर्देशन गरेका थिए। गीतका प्रतिकले निर्देशकबाट फिल्मको कथा सुनेपछि आफूले फिल्मको भाव सुहाउँदो गीत लेखेको बताए ।

‘फिल्ममा गीत लेख्ने अफर आइरहन्छन् । तर म हल्काफुल्का भन्दा पनि यस्तै अर्थपूर्ण गीत लेख्न रुचाउँछु’, गायक दीप श्रेष्ठको ‘हर रात’का रचनाकारसमेत रहेका प्रतिकले भने। गीतमा फिल्मका मुख्य पात्र विपिन कार्कीले गाई फार्ममा परिश्रम गरिरहेका दृश्यले प्राथमिकता दिइएको छ । फिल्ममा विपिन कार्की, वर्षा राउत, सुरक्षा पन्त, अंकित खड्का, रमेश अधिकारी, प्रकाश घिमिरे, भोलाराज सापकोटा, सरोज अर्याल, कुन्ती सिमाली, हिउँबाला गौतमलगायतको अभिनय छ । श्रीधर पौडेल कार्यकारी निर्माता रहेको फिल्ममा सामीप्यराज तिमल्सिनाको पटकथा, शैलेन्द्र डि कार्कीको छायांकन र निमेष श्रेष्ठको सम्पादन छ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top