होमपेज / कला / साहित्य
सुर्खेत । सुर्खेतमा माघे सकराती मेला २०७५ विभिन्न कार्यक्रमहरु सहित सुरु भएको छ । मेलाको बुधबार कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले उद्घाटन गर्नु भएको हो । उद्घाटन पछि शुभकामना दिदै मुख्य मन्त्री शाहीले कानुन निमार्णमा सबैको अधिकार कसरी सुनिश्चितता गर्न सक्छौँ त्यसको बारेमा व्यापक छलफल गरेर अघि बढ्न सकिने बताउनु भयो । शान्तिपूर्ण रुपमा हरेक कुराहरुलाई छलफल त्यसको समाधान गर्नु अहिलेको आवश्यकता भएको उहाँको भनाई थियो । माघे सकरातीको बारेमा मगर संघले पेश गरिएको ज्ञापन पत्रको बारेमा कानुन निमार्णको क्रममा व्यापक छलफल गरेर सबैको अधिकार सुनिश्चित गर्ने उहाँले बताउनु भयो ।
यस्तै कार्यक्रममा बोल्दे नेपाल मगर संघ केन्द्रिय अध्यक्ष नविन रोकामगरले कर्णालीमा बस्ने र कर्णाली प्रदेशलाई चिनाउनको कार्यक्रम गरिएको भन्दै कार्यक्रमको सफलताको शुभकामना दिनुभयो । उहाँले भाषिक विविधता, सांस्कृतिक विविधता लगायत अन्य विभिन्न विविधता भएको देश नेपालमा नेपाली जनताको गुनासो राज्य व्यवस्था पनि नेपाली समाज जस्तो हुनुपर्ने रहेको बताउनु भयो ।
नेपाल मगर संघ, जिल्ला समन्वय समिति सुर्खेतकाे अायाेजनामा भएकाे कार्यक्रम २९ गते सम्म सञ्चालन हुने अायाेजकले बताएकाे छ । उक्त मेलामा विभिन्न किसिमका सांस्कृतिक प्रस्तुतिहरु रहनेछन् । नेपाल मगर संघ सुर्खेत तथा माघे सकराती मेला मुल आयोजक समितिका संयोजक डिलबहादुर वंशी मगरको अध्यक्षतामा भएको कार्यक्रममा पूर्व श्रममन्त्री तथा संस्कृति विध एमएस थापा मगर, कर्णाली प्रदेशका सामाजिक विकास मन्त्री दलरावल, कर्णाली प्रदेशका उपसभामुख पुस्पा घर्तीको सहभागिता रहेको थियो । यस्ताै कर्णाली प्रदेशसभा सदस्य विन्दमान बिष्ट, ठम्मर बिष्ट, सीता नेपाली, पद्मा खड्का, अमृता शाही, वीरेन्द्रनगर नगरपालिकाका प्रमुख देवकुमार सुवेदी, उपप्रमुख मोहनमाया ढकाल लागायत अन्य मगर संघ सम्बन्धीत विभिन्न संघ संस्था लगायत अन्य मानिसहरुको सहभागिता रहेको थियो ।