होमपेज / कला / साहित्य
सुर्खेत । सुर्खेतको गुर्भाकोट नगरपालिका वडा नम्वर ९ बाेटेचाैरमा विभिन्न सांस्कृतिक कार्यक्रमहरु सहित माघी महोत्सव २०७५ सुरु भएको छ । १० गते सम्म सञ्चालन हुने उक्त महोत्सवको मंगलबार कर्णाली प्रदेशका भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्री विमला केसीले उद्घाटन गर्नु भएको हो । उद्घाटन कार्यक्रममा विभिन्न किसिमका नाच गाँन सहित मेलाको सुरुवात गरिएको हो ।
महोत्सवको उद्घाटन गर्दै मन्त्री केसीले महोत्सवले गुर्भाकोटका किसानहरुको गरिब जनताहरुको जीवन स्तरमा परिवर्तन गर्ने खालका कार्यक्रम गर्दै आगामी दिनहरुमा अझ राम्रो बनाउने तर्फ लाग्न आग्रह गर्नु भयो ।
यस्ता खालका महोत्सवले कला, संस्कृति, पर्यटन तथा खेलाडी लगायत अन्य धेरै क्षेत्रहरुको विकास भएको भन्दै मन्त्री केसीले महोत्सवलाई कुनैपनि किसिमको विकृति तिर जान नदिनको लागि सबैले अा-अाफ्नाे क्षेत्रबाट लाग्नुपर्ने बताउनु भयाे । राष्ट्र बनाउनको लागि सबै मानिसहरु एकजुट भएर लाग्नुपर्छ भन्दै उहाँले कुराले मात्र नभएर व्यवहारमा पनि उतार्नु पर्ने बताउनु भयो ।