ट्रेण्डिङ

होमपेज / अर्थ

सुनको मूल्य घट्यो, चाँदी तोलाको ३ हजार ६०० पुग्यो

नेपालगाथा २०८२ मंसिर २३ गते मंगलबार ११:१६:४४ मा प्रकाशित

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य आज(मंगलबार) पनि घटेको छ। अघिल्लो दिन सोमबार  ७०० रुपैयाँले घटेको सुन आज १ हजार रुपैयाँले घटेको हो। 

नेपाल सुन- चाँदी व्यवसायी महासंघका अनुसार आज १ हजार रुपैयाँले घटेर प्रतितोला सुनको मूल्य २ लाख ५१ हजार ९०० कायम भएको छ। सोमबार सुन प्रतितोला २ लाख ५२ हजार ९०० रुपैयाँमा कारोबार भएको  थियो। सुनको मूल्य घटे पनि चाँदी भने महंगिएको छ।

आज १५ रुपैयाँले बढेर चाँदी प्रतितोलाको ३ हजार ६०० पुगेको छ। सोमबार एक तोला चाँदी ३ हजार ५ ८५ रुपैयाँमा कारोबार भएको महासंघले बताएकाे छ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top