ट्रेण्डिङ

होमपेज / अर्थ

घरजग्गा कारोबार क्रमश - ओरालो लाग्दै, राजस्व सङ्कलन पनि घट्यो

नेपालगाथा २०८२ मंसिर ५ गते शुक्रबार ०८:४४:५६ मा प्रकाशित

काठमाडौं । देशभर घरजग्गाको कारोबार क्रमशः घट्दै गएको पाइएको छ । कारोबार घट्दै जाँदा राजस्व सङ्कलनमा समेत ह्रास आएको जनाइएकाे छ ।

कारोबारको विवरण राख्ने भूमि व्यवस्थापन तथा अभिलेख विभागका अनुसार चालु आर्थिक वर्षको चार महिनामा राजस्व सङ्कलनको मात्रा क्रमशः ओरालो लागेको छ ।

सरकारले घरजग्गा कारोबारमा सहजीकरण गरेको भए पनि राजस्व सङ्कलन अपेक्षित रूपमा बढ्नसकेको छैन । केही दिन पहिलेमात्र सरकारले भूउपयोग (तेस्रो संशोधन) नियमावली संशोधन गरेको छ । गत कात्तिक महिनामा देशभरका मालपोत कार्यालयले दुई अर्ब ७४ करोड ५१ लाख ७२ हजार एक सय ९९ रुपैयाँ बराबरको राजस्व सङ्कलन गरेको थियो ।

गत असोजमा दुई अर्ब ७५ करोड ८५ लाख ५७ हजार ९२७ रुपैयाँ बराबरको राजस्व सङ्कलन भएको थियो । यस्तै, भदौमा तीन अर्ब १४ करोड सात लाख १६ हजार ३३५ रुपैयाँ बराबरको राजस्व सङ्कलन भएको थियो । गत साउनमा तीन अर्ब २८ करोड ९१ लाख ३८ हजार २४२ रुपैयाँ बराबरको राजस्व सङ्कलन भएको भूमि व्यवस्थापन तथा अभिलेख विभागले जनाएको छ ।

विभागका अनुसार गत कात्तिकमा सेवा करमार्फत २१ करोड ३४ लाख ४७ हजार ४१३ रुपैयाँ, रजिष्ट्रेसन दस्तुर एक अर्ब ५० करोड ६२ लाख ९६ हजार १४ रुपैयाँ र पुँजीगत लाभकरमार्फत ९९ करोड ७८ लाख ४४ हजार ३९२ रुपैयाँ सङ्कलन गरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top