ट्रेण्डिङ

होमपेज / अर्थ

तोलामा २१ सयले घट्यो सुनको मूल्य, चाँदी बढ्यो

नेपालगाथा २०८२ कार्तिक २६ गते बुधबार ११:०९:१६ मा प्रकाशित

काठमाडौं ।  आज(बुधबार) सुनको भाउ तोलामा २१ सय रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको भाउ प्रतितोला २ लाख ४४ हजार ३ सय रुपैयाँ तय गरेको छ ।

अघिल्लो दिन २ लाख ४६ हजार ४ सय रुपैयाँ तोकेको थियो । यसअघि असोज ३१ गते भने सुनको भाउ हालसम्मकै उच्च तोलाको २ लाख ५८ हजार रुपैयाँ पुगेको रेकर्ड छ ।

सुनको भाउ घटे पनि चाँदी बढेको छ । चाँदी प्रतितोला ५ रुपैयाँ बढेको महासंघले जनाएको छ । अघिल्लो दिन तोलाको ३१७० रुपैयाँमा कारोबार भएको चाँदी आज ३१७५ रुपैयाँ कायम भएको छ । यसअघि असोज ३१ गते चाँदीको भाउ हालसम्मकै उच्च तोलाको ३३५० रुपैयाँ पुगेको रेकर्ड रहेकाे छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top