ट्रेण्डिङ

होमपेज / अर्थ

सहिद परिवारका १४० सदस्यको निःशुल्क बीमा

नेपालगाथा २०८२ आश्विन २२ गते बुधबार ११:०६:४६ मा प्रकाशित

जनकपुरधाम । प्रदेश सरकारले मधेसी प्रतिष्ठानसँगको समन्वयमा मधेस आन्दोलनका क्रममा सहिद भएका १४० जनाका परिवारको निःशुल्क स्वास्थ्य बीमा गरेको छ ।

प्रतिष्ठानका अध्यक्ष शुभम् यादवका अनुसार अब २४ जनाको बीमा गर्न बाँकी रहेकाे छ । मधेस र तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (माओवादी)ले गरेको आन्दोलनमा एक हजार छ जना घाइते वा अङ्गभङ्ग भएका सबैको बीमा गर्ने प्रतिष्ठानको लक्ष्य रहेकाे छ ।

सहिद परिवारका पाँच जनालाई भने प्रदेश सरकारले प्रतिष्ठानमार्फत तीन हजार ५०० रुपैयाँ बीमा शुल्क प्रदान गर्दै आएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top