ट्रेण्डिङ

होमपेज / अर्थ

दोहोरो अंकले बढ्यो नेप्से

नेपालगाथा २०८१ असार २५ गते मंगलबार १६:०७:२३ मा प्रकाशित

 काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक आन दाेहाेराे अंकले बढेकाे छ । नेप्से आज १५ दशमलव ७९ अंकले बढेको हाे । आजको कारोबारमा परिसूचक शून्य दशमलव ७३ प्रतिशतले बढेर २१५२ दशमलव १४ अंकमा पुगेको नेप्सेले जनाएको छ ।

आजको कारोबारमा गणपति लघुवित्त वित्तीय संस्था र आत्मनिर्भर लघुवित्त वित्तीय संस्थाको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । साथै बुद्धभूमि नेपाल हाइड्रोपावर कम्पनीको शेयर मूल्य नौ दशमलव ९१, युनिक नेपाल लघुवित्त वित्तीय संस्थाको नौ दशमलव ७९ र सबैको लघुवित्त वित्तीय संस्थाको शेयर मूल्य नौ दशमलव १५ प्रतिशतले बढेको छ ।

त्यसैगरी सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम–२को शेयर मूल्य पाँच दशमलव ४७, नेपाल फाइनान्सको चार प्रतिशत, बोटलर्स नेपाल (बालाजु)को शेयर मूल्य तीन दशमलव ९० प्रतिशतले घटेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top