होमपेज / अर्थ
काठमाडौं। सुनको मूल्यमा नयाँ रेकर्ड बनेको छ । आइतबार सुनको मूल्य तोलामा १ हजारले बढेर तोलाको १ लाख ४५ हजार ४ सय रुपैयाँ कायम भएको छ।
त्यस्तै तेजावी सुन प्रतितोला १ लाख ४४ हजार ७ सयमा किनबेच भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
शुक्रबार छापावाल सुन प्रतितोला एक लाख ४४ हजार ४ सयमा कारोबार भएको थियो।
चाँदी आज प्रतितोला २० रुपैयाँले बढेर १८ सय ९० मा कारोबार भइरहेको महासंघले जनाएको छ।