ट्रेण्डिङ

होमपेज / अर्थ

एक लाख ३१ हजार राशिको भलिबल प्रतियोगिता

मेला चैत्र २२ देखि ३० गतेसम्म

नेपालगाथा २०७५ चैत्र १ गते शुक्रबार २१:१५:५९ मा प्रकाशित

सुर्खेत । सुर्खेतको पञ्चपुरी नगरपालीकाको बाबियाचौरमा सञ्चालन हुने सांस्कृतिक महोत्सवमा सर्वाधिक पुरस्कार राशिको भलिबल प्रतियोगिता हुने भएको छ । यहि चैत्र २२ देखि ३० गते सम्म आयोजना हुने बृहत कृषि, पर्यटन, तथा सांस्कृतिक महोत्सवमा उक्त प्रतियोगिता हुने भएको हो । 
खुल्ला प्रतियोगीतामा बिजेताका लागि एक लाख ३१ हजार रुपैयाँ पुस्कार प्रदान गरिने छ । यो कर्णाली प्रदेशमै भलिबलका लागी सर्बाधिक पुरस्कार राशी भएको महोत्सब मुल आयोजक समितीका सचिब जगतराज ढकालले जानकारी दिए । 
सामुदायिक अध्ययन विकास केन्द्र पञ्चपुरी ६ ले आयोजना गर्न लागेको महोत्सबको सहआयोजनामा ८ वटा क्लबहरु समेत रहेका छन् । 
पश्चिम सुखेतको एकता, आजको आवश्यकता , कृषि पर्यटन संस्कृति तथा खेलकुद प्रवर्धनमा हाम्रो प्रतिबद्धता भन्ने मुल नाराका साथ आयोजना गर्न लागिएको महोत्सबमा करिब डेढ लाख दर्शकले अवलोकन गर्ने आयोजकले  जानकारी दिएको छ । 
शुक्रबार वीरेन्द्रनगरमा महोत्सबका बारे जानकारी दिन पत्रकार सम्मेलनको  जानकारी दिदैँ सचिब ढकालले ग्रामिण क्षेत्रमा नेतृत्व विकास र स्थानीय कृषि, पर्यटन र संस्कृति र खेलकुदको प्रवर्द्दन गर्नका लागि महोत्सबको आयोजना गरिएको बताए। 
महोत्सबमा ¥याफ्टिङ्ग समेत सञ्चालनमा ल्याईने भएको छ । पञ्चपुरी ५ तिखाकुनादेखि भेरी र कर्णालीको दोभान त्रिवेणीसम्म एकहजार रुपैयाँमा ¥याफ्टिङ्ग अप डाउन गरिने समेत ढकालले बताए । 
करिब डेढ सय स्टल रहने मेलामा विभिन्न लघु, घरेलु , कृषी तथा पशुजन्य स्थानिय उत्पादनहरु समेत रहनेछन् । करिब ५४ लाखको खर्चको अनुमान गरिएको महोत्सबमा ५ करोड बराबरको कारोबार हुने आयोजकले अपेक्षा लिएकाे छ।  

प्रतिक्रिया

सम्बन्धित खवर

Top