होमपेज / अर्थ
सुर्खेत । अनौपचारिक क्षेत्र सेवा केन्द्र (ईनसेक)को कर्णाली प्रदेश कार्यालयले मानव अधिकार उल्लंघनका पिडितलाई नगद सहयोग गरेको छ । मंगलबार कार्यालयले सुर्खेतको गुर्भाकोट–४ सहारेकी अनिता कामीलाई सहयोग स्वरुप १० हजार रुपैयाँको चेक हस्तान्तरण गरेको हो ।
उनका बुवा मन कामीको ७४ बर्षका उमेरमा कारागार भित्रै मृत्यु भएको थियो । बलात्कार अभियोगमा ३ वर्ष अघि कारागार चलान भएका उनको पुस २१ गते केन्द्रीय कारागार काठमाडौंमा मृत्यु भएको हो । ‘मानव अधिकार रक्षक तथा मानव अधिकार उल्लंघनका पीडितलाई सहयोग कार्यक्रम’अन्तर्गत मृतककी छोरी अनितालाई सहयोग प्रदान गरिएको ईनसेक कर्णाली प्रदेशका फोकल पर्सन दुर्गा थापाले जानकारी दिए ।
गरिबीका कारण लास ल्याउन नसकिने अवस्था भएपछि मृतक मन कामीको दाहसंस्कार समेत ईनसेक कर्णाली प्रदेश कार्यालयकै पहलमा काठमाडौंस्थित पशुपतिमा गरिएको थापाले बताए ।