होमपेज / अर्थ
सुर्खेत । कर्णाली प्रदेश सरकारले कर्णाली प्रदेश अर्गानिक प्रदेश बनाउने भनेतापनि कर्णाली प्रदेशमा कृषि क्षेत्रमा कुनै उल्यखनिय काम भने हुने सकेको छैन । अहिले पनि कर्णाली प्रदेशका विभिन्न जिल्लाहरुमा अन्य प्रदेश तथा भारतबाट तरकारी आउने गरेको पाइन्छ । सिजनमा केही तरकारी उत्पादन भएपनि त्यो केहि समय सम्म मात्र रहने व्यवसायीको भनाई छ ।
अहिले विशेष गरेर कर्णाली प्रदेशको राजधानी सुर्खेतबाट कर्णाली प्रदेशका अन्य जिल्लाहरुमा तरकारी जाने गरेको छ । अहिले सुर्खेतमा पाँच नम्बर प्रदेशको नेपागञ्ज, दाँङ, पाल्पा, बुटवल तथा अन्य क्षेत्रहरु नारायनघाट भारतको विभिन्न स्थानबाट तरकारी भित्रिने गर्दछ । सिजन अनुसार केहि मात्रामा उत्पादन भएपनि कर्णालीमा पर्याप्त मात्रामा तरकारी फलफुलको उत्पादन हुन सकेको को छैन् ।
अहिले राजधानी सुर्खेतमा सिजनमा करिव ७० प्रतिशत खपत हुने तरकारी उत्पादन भएपनि अरु समयमा करिव ८० प्रतिशत तरकारी फलफुल बाहिरबाट आउने गरेको वीरेन्द्रनगरमा सञ्चालनमा रहेका कृषि बजार व्यवस्थापन समितिका व्यवस्थापक केश रास्कोटीले जानकारी दिए । अहिले राजधानी सुर्खेतमा सिजनमा जुम्लाकाे स्याउ, दैलेखकाे सुन्तला अाउने भएपनि अरु समयमा कर्णालीका अन्य जिल्लाहरुबाट कृषि बस्तु न्यून मात्रामा आउने गरेको उनले बताए ।
अहिले बार्षीक वीरेन्द्रनगरको कृषि बजार व्यवस्थापन समितिमाबाट करिव २६ हजार मेटिक्टन तरकारीको कारोबार हुने भएपनि सिजनमा कर्णाली प्रदेशको उत्पादन ६०, ७० प्रतिशत हुने र अरु समयमा कम उत्पादन हुने भएकाले बहिरबाट आउने गरेको उनको भनाई थियो । अर्गानिक कर्णाली प्रदेश बनाउनको लागि सम्बन्धीत निकायका सबै मानिसहरु एकजुट भएर लाग्नुपर्ने उनको भनाई छ ।
कृषकहरुको कृषि पेशाप्रति लोकप्रियता बढाउनको लागि सरकारले अनुदान मार्फत विभिन्न किसिमका सहयाेगका कार्यक्रम गरिरहेको कृषि विकास निर्देशनालय कर्णाली प्रदेश निमित्त कार्यालय प्रमुख श्रीधर अघिकारीले जानकारी दिए ।
अर्गानिक कर्णाली प्रदेश बनाउनको लागि यो बर्षमा विभिन्न जिल्लाहरुमा कृषि ज्ञान केन्द्रको आधारशिला तयार गर्ने लगायतका विभिन्न कामहरु गर्नको लागि कार्य विधि बनिसकेको र साेहि अनुसार अघि बढ्ने उनको भनाई थियो । कर्णाली प्रदेश खाद्यमा आत्म निर्भर हुने, फलफुलमा आत्म निर्भर हुने तथा अर्गानिक क्षेत्रहरुलाई व्यवस्थित तरिकाले विकास गर्ने भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयको उदेश्य भएकाले सोहि अनुरुप अाफुहरुपनि अघि बढ्ने उहाँको भनाई थियो ।
अहिले विशेष गरेर कृषि विकास निर्देशनालयले कृषि सम्बन्धी विभन्नि कार्यक्रम अन्तर्गत कार्यविधि निमार्णको चरणमा रहेकाले केहि समयमा नै कार्यविधि बनेर अघि बढ्ने बताए । कृषि विकास निर्देशनालयले कर्णाली प्रदेशको विभिन्न जिल्लाहरुमा कृषि ज्ञान केन्द्र, ल्याप, प्रयोगशाला, तालिमहरुको अनुगमन गर्नेकाम भएकाले सोहि अनुरुप अघि बढ्ने उनकाे भनाइ थियाे ।