ट्रेण्डिङ

होमपेज / पर्यटन

नेपाल एयरलाइन्सको विमान अब जापानमा

नेपालगाथा २०७६ भाद्र १२ गते बिहीबार १७:४४:३९ मा प्रकाशित

काठमाडौं । नेपाल एयरलाइन्सको पहिलो जापान उडान सफल भएको छ । काठमाडौंबाट १ सय ४६ जना यात्रुसहित उडेको जहाज जापानको ओशाकास्थित कान्साई इन्टरनेशनल एयरपोर्टमा अवतरण गरेको हो ।

निगमका अनुसार ९७ जनाले टिकट काटेका थिए भने ४९ जनाको सरकारी–निजी क्षेत्रका प्रतिनिधिको टोली पहिलो उडानमा सहभागी भए । बुधबार राति पर्यटनमन्त्री योगेश भट्टराईले टोलीलाई विदाई गरेका थिए । नेपाली टोलीको नेतृत्व पर्यटन राज्यमन्त्री धनबहादुर बुढाले गरेका छन् ।

ए ३३०–२०० जहाजको यो पहिलो लामो दुरीको उडान हो । बिहीबार बिहान २ः३० मा राखिएको निगमको जहाज २ः३९ मिनेटमा त्रिभुवन विमानस्थलबाट उडेको थियो । यो जहाज २ सय ७४ सिट क्षमताको हो । जापानबाट फर्कने ७० सिट पक्का भइसकेको निगमको भनाइ छ । जहाज वरिष्ठ क्याप्टेन महेश्वरमान डंगोल र श्रवण रिजालको कमाण्डमा उडेको हो । फर्कदा भने विजय लामाले कमाण्ड गर्नेछन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top