ट्रेण्डिङ

होमपेज / पर्यटन

मालिका पर्यटन विकास केन्द्र गठन

नेपालगाथा २०७५ माघ ३ गते बिहीबार १५:४०:५५ मा प्रकाशित

सुर्खेत । सुर्खेतको चिङ्गाड गाँउपालिकामा रहेको बुरुसे झरना र मालीका मन्दीर क्षेत्रको संरक्षण र प्रवद्र्धनका लागि मालिका पर्यटन विकास केन्द्र नामक संस्था गठन गरिएको छ । सुर्खेतको एकमात्र बुरुसे झरनालाई महत्वपूर्ण पर्यटकिय स्थलका रुपमा विकास गर्नका लागि खड्क बहादुर चन्दको अध्यक्षतामा मालिका पर्यटन विकास केन्द्रको गठन गरिएको हो । जसको उपाध्यक्षमा दल बहादुर खाण, सचिवमा महेश जिसी, सहसचिवमा कृष्णप्रसाद शर्मा र कोषाध्यक्षमा दुर्गा रेग्मी शर्मा लगायतका रहनुभएको छ ।

केन्द्रले मालिका र बुरुसे झरना क्षेत्रमा पर्यटनको विकास र प्रवद्र्धन गर्न पहल गर्ने अध्यक्ष चन्दले बताउनुभयो । लोपन्मुख बन्यजन्तु र प्राकृतिक सम्पदाको संरक्षणका लागि केन्द्रले काम गर्ने उहाको भनाई छ । साथै मालिका क्षेत्रलाई संरक्षणका लागि स्थानिय सरकार र प्रदेश सरकारको ध्यानआकर्षण गराउने केन्द्रका अध्यक्ष चन्दले जानकारी दिनुभयो । चिङ्गाडका युवाहरुको आज भएको भेलाले सो संस्थाको गठन गरेको हो । भेलामा चिङ्गाड गाँउपालिकाका अध्यक्ष देव वहादुर चन्द र वडा नंं. ४ का वडाध्यक्ष अम्मर बहादुर चन्दको पनि सहभागिता रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top