ट्रेण्डिङ

होमपेज / समाज

अपाङ्गता पहिचान, छालारोग जाँच तथा उपचार शिविरमा १०१ जनाले लिए सेवा

नेपालगाथा २०८३ असार २२ गते सोमबार १४:४४:५४ मा प्रकाशित

सुर्खेत । सामाजिक विकास मन्त्रालयको आर्थिक सहयोग तथा  साईनिङ अस्पताल आई एन एफ नेपाल, सुर्खेतको आयोजना र लेकबेसी नगरपालिका,स्वास्थ्य चौकी नेटाको समन्वयमा  अपाङ्गता भएका व्यक्तिहरु पुनर्स्थापना, सहायता सामग्री तथा सामाजिक समावेशीकरणलाई प्रवर्द्धन गर्ने र छालारोग जाँच तथा उपचार गर्ने उद्देश्यले लेकबेसी नगरपालिका वडा नं. ५ स्थित स्वास्थ्य चौकी नेटामा अपाङ्गता पहिचान, छालारोग जाँच तथा उपचार शिविर सम्पन्न भएको छ।

लेकबेसी नगरपालिका उप-प्रमुख तथा उद्घाटन सत्रका प्रमुख अतिथि बिमला खडलुकले साईनिङ अस्पताल आई एन एफ, नेपाल सुर्खेतले अपाङ्गता, शुन्य कुष्ठरोग, प्रसव फिस्टुलाको उपचार, छात्रवृत्ति सहयोग कार्यक्रमका मध्यमले  पुर्यायको सहयोग, सेवा प्रति धन्यवाद व्यक्त गर्दै आगामी दिनमा समेत सेवा पुर्याउने कुरामा बिश्व ब्यक्त गर्दै लेकबेसी नगरपालिकाले आगामी आर्थिक बर्षमा समेत पालिकाले आर्थिक साझेदारी गर्ने बचनबद्धता व्यक्त गर्नु भयो।

साईनिङ अस्पताल आई एन एफ नेपाल, सुर्खेतका प्रमुख ललित बहादुर सारुले आई एन एफ नेपाल स्थानीय सरकार, स्वास्थ्य सँस्था, तथा बिषयगत कार्यालयसंग सहकार्य गरी एक सहयोगी सँस्थाको रुपमा कार्य गर्ने हुँदा सरकारको सहयोगी साझेदार भएको बिचार ब्यक्त गर्नु भयो। कार्यक्रमका अध्यक्ष तथा वडा अध्यक्ष चक्र बहादुर शाहीले अपाङ्गता, फिस्टुला उपचार, छात्रवृत्ति सहयोग कार्यक्रम मार्फत बिगतदेखि पुर्याउदै आएको सहयोगको उच्च कदर गर्दै सहकार्यको लागि अनुरोध गर्नुभयो।   

शिविरबाट १०१ जना व्यक्तिहरू लाभान्वित भएका छन् जसमा ५५ जना महिला, २९ जना पुरुष र १७ जना बालबालिका (१४ बालक ३ बालिकाहरु) लाभग्राही रहेका थिए।

कार्यक्रममा लेकबेसी नगरपालिका वडा नं. ५ का वडा अध्यक्ष चक्र बहादुर शाहीको अध्यक्षता तथा साईनिङ अस्पताल आई एन एफ, नेपाल सुर्खेत अन्तर्गत HEAL प्रोजेक्टका अधिकृत लोक प्रसाद गौतमले सञ्चालन गर्नुभएको कार्यक्रममा वडा सदस्य यशोदा बि.क, लेकबेसी नगरपालिकाका योजनाशाखा प्रमुख डिलाराम चपाईं, साईनिङ अस्पताल आई एन एफ नेपाल, सुर्खेतका प्रमुख ललित बहादुर सारु, कुष्ठरोग विज्ञ उदयनाथ योगी, फिजियोथेरापिस्ट सुदिप बिसी, नेटा स्वास्थ्य चौकी प्रमुख  तेज बहादुर घर्ती,  हेल्थ असिस्टेन्ट जोनसन नेपाली, मनोसामाजिक परामर्शकर्ता रबिन सलामी मगर, समाजसेवी हरिकला राना, स्वास्थ्य ब्यबस्थापन समिति सदस्यहरु, स्वास्थ्य चौकी कर्मचारी, महिला स्वयम् सेविकाहरु लगायतको उपस्थिति रहेकाे थियाे । 

प्रतिक्रिया

सम्बन्धित खवर

Top