ट्रेण्डिङ

होमपेज / समाज

भेरीबबई डाइभर्सन आयोजनाकाे काम अब अगाडि बढ्ने

नेपालगाथा २०८३ असार १९ गते शुक्रबार २१:१६:५२ मा प्रकाशित

सुर्खेत । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले राष्ट्रिय गौरवको भेरी–बबई डाइभर्सन आयोजनाकाे काम अब अगाडि बढ्ने बताएका छन् । सुर्खेतको भेरीगङ्गा नगरपालिका–चिप्लेस्थित आयोजनाको बाँधस्थल तथा विभिन्न भौतिक संरचनाको स्थलगत निरीक्षण एवं अनुगमनपछि मन्त्री श्रेष्ठले आयोजना समयमै सम्पन्न गर्न आवश्यक पहल गरिने बताए ।

आयोजनाका प्रमुख हरिदत्त पौडेलका अनुसार आयोजना सम्पन्न भएपछि बाँके र बर्दियाका ५१ हजार हेक्टर जमिनमा वर्षभरि सिँचाइ सुविधा पुग्नेछ भने ४६ मेगावाट विद्युत् उत्पादन हुनेछ । अनुगमनका क्रममा कर्णाली प्रदेशमा देखिएको विद्युत् मिटर अभाव तथा सुर्खेतको लो–भोल्टेज समस्याबारे पनि छलफल भएको थियो ।

मन्त्री श्रेष्ठले हाल माग गरिएका पाँच हजारमध्ये दुई हजार विद्युत् मिटर आपूर्ति भई जडान प्रक्रिया सुरु भइसकेको र बाँकी तीन हजार मिटर सात दिनभित्र उपलब्ध गराइने जानकारी दिए ।

उनले सुर्खेतको लो–भोल्टेज समस्या समाधानका लागि आवश्यक बजेट विनियोजन भइसकेको र विद्युत् प्रणाली स्तरोन्नतिको काम केही महिनाभित्र सुरु हुने गरी प्रक्रिया अघि बढाइएको बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top