ट्रेण्डिङ

होमपेज / समाज

इन्धनको मूल्य घटेसँगै सार्वजनिक यातायातको नयाँ दररेट निर्धारणकाे तयारी

नेपालगाथा २०८३ असार १७ गते बुधबार १६:५२:५३ मा प्रकाशित

काठमाडौ । नेपाल आयल निगमले हिजो रातिदेखि लागू हुने गरी पेट्रोलमा प्रतिलिटर २० रुपैयाँ र डिजेलमा ३० रुपैयाँ मूल्य घटाएपछि यात्रुवाहक सार्वजनिक सवारीको भाडादर घट्ने निश्चितजस्तै भएको छ। यातायात व्यवस्था विभागले वैज्ञानिक भाडा प्रणाली अनुसार नयाँ दररेट निर्धारणका लागि आवश्यक प्राविधिक गृहकार्य सुरु गरिसकेको छ ।

विगतमा इन्धनको मूल्य वृद्धि हुँदा वैज्ञानिक भाडा प्रणालीअनुसार १३ प्रतिशत भाडा बढाउनुपर्ने सिफारिस भए पनि आम नागरिकलाई राहत दिन भन्दै सरकारले ५ प्रतिशत मात्रै वृद्धि गरेको थियो ।

त्यसबेला व्यवसायीहरूले लागत नउठेको भन्दै असन्तुष्टि जनाएका थिए । तर, अहिले इन्धनको मूल्यमा भएको ठूलो गिरावटले सञ्चालन खर्च उल्लेख्य रूपमा घट्ने भएपछि यातायात व्यवसायीहरू स्वयं नै भाडा समायोजनका लागि तयार देखिएका छन् ।

विभागले इन्धन, लुब्रिकेन्ट्स र मर्मत सम्भारलगायतका सूचकहरूलाई आधार मानेर नयाँ भाडादर सार्वजनिक गर्ने तयारी गरिरहेको छ । यात्रुवाहक सवारीको भने भाडा घट्ने भएको छ । कति भाडा घटाउने भनेर विभागमा अहिले छलफल भइरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top