ट्रेण्डिङ

होमपेज / समाज

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा क्यान्सरको उपचार हुने

नेपालगाथा २०८२ माघ १८ गते आइतबार १९:२९:४१ मा प्रकाशित

काठमाडौं । दाङको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अब क्यान्सरको उपचार हुने भएको छ ।

आज(आईतबार) प्रतिष्ठानमा आयोजित एक कार्यक्रमकाबीच प्रतिष्ठान र बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालबीच सम्झौतापत्रमा हस्ताक्षर भएको हो । प्रतिष्ठानका निमित्त उपकुलपति प्रा.श्याम लम्साल र बीपी क्यान्सर अस्पतालका कार्यकारी निर्देशक डा.शिवजी पौडेलबीच क्यान्सर उपचारको सेवा विस्तार गरी आवश्यक जनशक्ति आदानप्रदान गर्ने विषयमा सम्झौता भएको प्रतिष्ठान हो ।

त्यस्तै, सम्झौता कार्यान्वयनमा आएपछि साविक राप्ती अञ्चल तथा पश्चिम नेपालका नागरिक लाभान्वित हुनुका साथै यस क्षेत्रमा सेवा विस्तारका लागि थप सहयोग पुग्ने प्रतिष्ठानको विश्वास रहेकाे छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top