होमपेज / समाज
काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको बताएको छ । महाशाखाका अनुसार सुदूरपश्चिम प्रदेशको तराई भू–भागका केही स्थानहरूमा हुस्सु र कुहिरो लागेको छ । कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका साथै कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशको हिमाली भू–भागमा आंशिक बादल लागेको छ । बाँकी भू–भागमा भने मौसम मुख्यतया सफा रहेको छ ।
आज(आईतबार) दिउँसो तराई भू–भागका केही स्थानहरूमा हुस्सु र कुहिरो रहने भएकाे छ । कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी तथा हिमाली भू–भागमा साधारणतया बादल लाग्नेछ । कोशी प्रदेश लगायत बाँकी हिमाली भू–भागमा आंशिक बादल लाग्नेछ र बाँकी भू–भागमा भने मौसम मुख्यतया सफा रहनेछ । कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका एकदुई स्थानमा हल्का हिमपात र वर्षाको सम्भावना रहेको छ ।
आज राति तराई भू–भागका थोरै स्थानहरूमा हुस्सु रहनेछ । गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी तथा हिमाली भू–भागमा साधारणतया बादल लाग्नेछ र बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने भएकाे छ । गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका एकदुई स्थानमा हल्का हिमपात र वर्षाको सम्भावना रहेको महाशाखाले बताएको छ ।