ट्रेण्डिङ

होमपेज / समाज

मध्यपश्चिम विश्वविद्यालय सेवा आयोगका नवनियुक्त अध्यक्ष र सदस्यकाे पदभार ग्रहण

नेपालगाथा डेस्क २०८२ माघ १४ गते बुधबार २२:३१:०१ मा प्रकाशित

काठमाडाैं । मध्यपश्चिम विश्वविद्यालय सेवा आयोगका नवनियुक्त अध्यक्ष प्रा. डा. पन्ना थापा र सदस्य सह–प्रा. डा. अमृतकुमार शर्मा गैरेको स्वागत तथा पदभार ग्रहण कार्यक्रम सम्पन्न भएको छ ।

गत माघ ४ गते नेपाल सरकारका सम्माननीय प्रधानमन्त्री एवम् विश्वविद्यालयका कुलपतिज्यूद्वारा नियुक्त अध्यक्ष र सदस्यज्यूलाई वीरेन्द्रनगर, सुर्खेत स्थित मध्यपश्चिम विश्वविद्यालय केन्द्रीय कार्यालयमा आयोजित एक औपचारिक कार्यक्रमका बीच स्वागतसँगै कार्यकक्षमा विश्वविद्यालयका उपकुलपति प्रा. डा. ध्रुवकुमार गौतम, रजिष्ट्रार प्रा. डा. शोभाखर कँडेल सहितका पदाधिकारी, प्राध्यापक, कर्मचारी लगायत सरोकारवालाहरूको समुपस्थितिमा पदभार ग्रहण कार्यक्रम सम्पन्न भएको हो ।

सो अवसरमा उपकुलपति प्रा. डा. गौतम र रजिष्ट्रार प्रा. डा. कँडेलले बधाई तथा शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो । पदभार ग्रहण लगत्तै पदाधिकारी, प्राध्यापक, कर्मचारी लगायत उपस्थित महानुभावहरुले बधाई तथा शुभकामना दिनुभएको थियो भने कार्यक्रमको सहजीकरण समन्न्वय तथा मानव संशाधन शाखाका प्रशासन प्रमुख तुल्सी घर्तीले गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top