ट्रेण्डिङ

होमपेज / समाज

कस्तो रहला देशभरको मौसम ?

नेपालगाथा २०८२ मंसिर १५ गते सोमबार १०:०१:३६ मा प्रकाशित

काठमाडौं  । मौसम पूर्वानुमान महाशाखाले हाल देशभर दक्षिण–पश्चिम बंगालको खाडीमा विकसित चक्रवात ‘दित्वा’ को आंशिक प्रभाव रहेको जनाएको छ । जसका कारण देशका उच्च पहाडी तथा हिमाली भू–भागका साथै कोशी, बागमती, मधेश, गण्डकी र लुम्बिनीमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहेको छ ।

यस्तै, आज(साेमबार) दिउँसो कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने महाशाखाले बताएकाे छ ।

आज राति भने कोशी, मधेस, बागमती र गण्डकी प्रदेशमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top