होमपेज / समाज
काठमाडौं । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर कुनै उल्लेख्य मौसमी प्रणालीको प्रभाव रहेकाे छैन ।
महाशाखाका अनुसार आज(शनिबार) बिहान गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागमा आंशिक बदली रहने् छ । बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहेकाे छ ।
दिउँसो कोशी प्रदेशको पहाडी तथा हिमाली भू–भागमा आंशिक बदली रहनेछ । बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहनेछ ।
राति कोशी, मधेश, बागमती र गण्डकी प्रदेशमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ ।