होमपेज / समाज
काठमाडौं । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको बताएकाे छ । महाशाखाका अनुसार हाल देशका पहाडी तथा हिमाली भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहेको छ ।
आज(साेमबार) दिउँसो कोशी प्रदेश र गण्डकी प्रदेशको पहाडी तथा हिमाली भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने भएकाे छ र कोशी प्रदेशको हिमाली भू–भागको एकदुई स्थानमा हल्का वर्षा/हिमपातको सम्भावना पनि रहेको छ ।
त्यस्तै, आज राति कोशी प्रदेशको पहाडी तथा हिमाली भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा भने मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ ।