होमपेज / समाज
काठमाडौं । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज(आइतबार) हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव रहेकाे छैन ।
कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भू–भागमा आंशिक बदली रही बाँकी भूभागमा भने मौसम मुख्यतया सफा रहने भएकाे छ। दिउँसो कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रहनेछ। बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहनेछ ।
राति कोशी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहनेछ ।