होमपेज / समाज
काठमाडौं । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसका कारण कोशी प्रदेश लगायत देशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी प्रदेशमा मौसम सफा रहेको छ ।
महाशाखाका अनुसार आज(मंगलबार) दिउँसो लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भू–भागमा मौसम साधरणतया बदली रही बाँकी भू–भागमा आंशिक बदली रहनेछ । गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत बाँकी प्रदेशको पहाडी भू–भागका केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षासहित हिमपातको सम्भावना रहेको छ । लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भू–भागको एकदुई स्थानमा भने हल्का वर्षाको सम्भावना पनि रहेको छ ।
आज राति भने गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भू–भागमा साधरणतया बदली रही बाँकी भूभागमा आंशिक बदली रहने महाशाखाले जानकारी दिएको छ । साथै, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरूमा तथा बाँकी पहाडी भू–भागका एकदुई स्थानमा मध्यम वर्षासहित हिमपातको सम्भावना रहेको पनि महाशाखाले जनाएकाे छ ।