ट्रेण्डिङ

होमपेज / समाज

हरि बोधिनी एकादशी, तुलसीको विशेष पूजा गरेर मनाइँदै

नेपालगाथा २०८२ कार्तिक १५ गते शनिबार ०९:१४:३४ मा प्रकाशित

सुर्खेत । हरिबोधिनी एकादशीलाई एकादशीहरूमा आज(शनिबार) सबैभन्दा ठुलो एकादशीका रूपमा लिइन्छ । त्यसैले पनि जनजिब्रोमा यो एकादशीलाई ठुली एकादशी भन्ने पनि गरिन्छ । यसको महिमाका कारण पनि यसलाई ठुलो एकादशी भनिएको हो ।

तुलसीको विवाहको दिन

आजको दिन तुलसीको विवाहको दिन भनेर पनि चिनिन्छ । वैदिक सनातन हिन्दु धर्मशास्त्रमा आयुर्वेदमा पनि महत्त्वपूर्ण भूमिका भएको तुलसीको बिरुवाको धार्मिक, सांस्कृतिक र वैज्ञानिक रूपमा पनि निकै महत्त्व रहेको छ । त्यसैले त हिन्दु धर्मालम्बीहरुले आआफ्नो घरमा पनि तुलसीको मठ बनाउने र त्यसलाई पूजा गर्ने गर्छन् ।

तुलसी पूजाको महत्त्व

वैदिक सनातन संस्कारमा तुलसी पूजाको ठुलो महत्त्व छ । हजारौँ वर्षदेखि सनातन संस्कारीहरू प्रातः कालमा नै उठेर तुलसीमा पानी चढाएर र नमन गरेर मात्र आफ्नो दैनिकीमा लागेको पाइन्छ ।

वैदिक सनातनमा तुलसीको महत्त्व प्रत्येक विशेष उत्सव वा कुनै धार्मिक कार्यमा पनि रहँदै आएको छ । मानिसको जन्म हुँदा होस् या मृत्यु हुँदा नै किन नहोस्, सनातनी संस्कारमा तुलसीको बिरुवा वा तुलसीको पातको प्रयोग हुँदै आएको छ, यसको महत्त्व रहेको छ ।

हिन्दु धर्मालम्बीहरुले आँगनको छेउमा बनाएको तुलसीको मठलाई पवित्र स्थान मानिने चलन छ । तुलसीको पातको पनि विशेष महत्त्व रहेको छ । अनि तुलसीको डाँठबाट बन्ने मालालाई त निकै पवित्र मान्ने गरिन्छ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top