ट्रेण्डिङ

होमपेज / समाज

पहिरोले नारायणगढ–मुग्लिन सडक अवरुद्ध

नेपालगाथा २०८२ कार्तिक १४ गते शुक्रबार ०९:५१:४६ मा प्रकाशित

चितवन । नारायणगढ–मुग्लिन सडक पहिरोका कारण अवरुद्ध भएको छ । इच्छाकामना गाउँपालिका वडा नम्बर ५ तुइन खोला नजिक पहिरो खस्दा सडक अवरुद्ध भएको हो ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रवीन्द्र खनालका अनुसार बिहीबारदेखिको निरन्तर वर्षाका कारण पहिरो खसेको हो । बाटो अवरुद्ध भएपछि सवारीसाधनहरु सडकमा रोकिएका छन् ।

पहिरो पन्छाएर यथाशीघ्र सडक सुचारु गर्न आफू लागिपरेको भनि उनले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top