ट्रेण्डिङ

होमपेज / समाज

देशैभरका विमानस्थलमा नेपाल टेलिकमको फ्री वाईफाई सेवा सुरु

नेपालगाथा २०८२ कार्तिक १२ गते बुधबार १८:१३:३६ मा प्रकाशित

काठमाडौं । नेपाल टेलिकमले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत देशभर सञ्चालनमा रहेका अन्तर्राष्ट्रिय तथा आन्तरिक विमानस्थलहरुमा सर्वसाधारण यात्रु लक्षित फ्री वाईफाई इन्टरनेट सेवा मंगलबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट शुभारम्भ गरिएको छ । 

नेपाल टेलिकमको तर्फबाट कम्पनीका प्रबन्ध निर्देशक सविना मास्के र विमानस्थलका महाप्रबन्धक हंशराज पाण्डेले प्रथम चरणमा विमानस्थलको अन्तर्राष्ट्रिय टर्मिनल भवनमा वाईफाई इन्टरनेट सेवाको शुभारम्भ गरेका थिए ।

यो निःशुल्क वाईफाई इन्टरनेट सेवाको कभरेज विमानस्थलको आगमन, प्रस्थान, भीआइपी लाउन्ज तथा प्रतिक्षास्थल लगायतका क्षेत्रहरुमा रहेको कम्पनीले बताएकाे छ ।

देशभर सञ्चालनमा रहेका तीन वटा अन्तर्राष्ट्रिय विमानस्थल तथा ३४ वटा आन्तरिक विमानस्थलहरुमा सर्वसाधारण यात्रुलक्षित निःशुल्क इन्टरनेट सेवा सञ्चालन गर्न नेपाल टेलिकम र नेपाल नागरिक उड्डयन प्राधिकरणबीच भएको सम्झौता बमोजिम कार्यक्रमको शुभारम्भ गरिएको टेलिकमका प्रवक्ता रवीन्द्र मानन्धरले जानकारी दिए ।

उनका अनुसार सेवाको कभरेज रहेको स्थानमा एसएसआईडी ‘एनटी–क्यान फ्री वाईफाई’ भएको फाईफाईमा कनेक्ट गरेर निर्देशन पूरा गरी निःशुल्क इन्टरनेट सेवा प्रयोग गर्न सकिन्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top