ट्रेण्डिङ

होमपेज / समाज

काठमाडौँ विश्वकै प्रदूषित सहरको चौथो स्थानमा

पहिलो नम्बरमा पाकिस्तानको लाहोर सहर, भारतको दिल्ली सहर दोस्रो र चीनको बेइजिङ सहर तेस्रो

नेपालगाथा २०८२ कार्तिक १२ गते बुधबार १३:००:१४ मा प्रकाशित

काठमाडौँ ।  काठमाडौँ विश्वकै चौथो वायु प्रदूषित सहर बनेको छ । विश्वभरको वायु गुणस्तर मापन गर्दै आएको आईक्यूएअरका अनुसार बुधबार बिहान  काठमाडौँको वायु प्रदूषण १६७ एक्यूआई मापन गरिएको छ ।

पहिलो नम्बरमा पाकिस्तानको लाहोर सहर रहेको छ । यहाँको वायु प्रदूषण ४५८ एक्यूआई मापन गरिएको छ ।

छिमेकी राष्ट्र भारतको दिल्ली प्रदूषित सहरको दोस्रो स्थानमा छ । २२६ एक्यूआईसहित दिल्ली विश्वकै दोस्रो प्रदूषित सहर बनेको हो । 

तेस्रो प्रदूषित शहरमा चीनको बेइजिङ रहेको छ । त्यहाँको वायु प्रदूषण २१५ एक्यूआई मापन गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top