होमपेज / समाज
काठमाडौं । नेकपा एसका अध्यक्ष माधवकुमार नेपाललाई पूर्वप्रधानमन्त्रीको हैसियतमा दिइँदै आएको सुरक्षा सरकारले फिर्ता लिएको छ । हिजोबाट नेपालका सबै सुरक्षाकर्मीहरुलाई फिर्ता गरिएको उनको सचिवालयले जनाएको छ । निजी सुरक्षा अधिकृत (पीएसओ) समेत फिर्ता भएका छन् ।
यसअघि सरकारले पूर्वप्रधानमन्त्रीद्वय पुष्षकमल दाहाल प्रचण्ड र केपी शर्मा ओलीको सुरक्षा घटाएको थियो । उनीहरुले सरकारी मापदण्डभन्दा बढी राखेका सुरक्षाकर्मी फिर्ता लिने निर्णय सरकारले गरेको हो । नेपालको भने पुरै सुरक्षा हटाइएको छ ।
आज पार्टीको वैठकमा जाँदा नेपाल एक्लै थिए । उनलाई न सरकारी सुरक्षा थियो, न पार्टीका कार्यकर्ताको स्कर्टिङ ।