होमपेज / समाज
काठमाडौं । जेनजी आन्दोलनका नाममा भदौ २४ गते भएको आन्दोलनमा २३ वटा अदालतमा आगजनी तथा तोडफोड गर्नेविरुद्ध सर्वोच्च अदालतले प्रहरीमा जाहेरी दिने निर्णय गरेको छ।
सबै न्यायाधीशहरूको बैठकले संलग्न व्यक्तिहरूको पहिचान गरी कानुनी कारबाही अघि बढाउन निर्देशन दिएको हो। सर्वोच्चका प्रवक्ता अर्जुनप्रसाद कोइरालाका अनुसार सबै अदालतले आफ्नो जिल्लाको प्रहरी कार्यालयमा क्षतिको विवरणसहित जाहेरी दिने तयारी गरेको छ।
आगजनीबाट सर्वोच्च र अन्य अदालतका भवन, सवारीसाधन र लाखौँ मुद्दाका फाइलहरू जलेका छन्।