ट्रेण्डिङ

होमपेज / समाज

‘नहाय खाय’ विधिसहित छठ पर्वको पहिलो दिन सम्पन्न

नेपालगाथा २०८२ कार्तिक ८ गते शनिबार २०:१६:१९ मा प्रकाशित

धनुषा। छठ पर्वअन्तर्गत आज शनिबार पहिलो दिन ‘नहाय खाय’ विधि सम्पन्न गरिएको छ । मधेस प्रदेशकाे राजधानी जनकपुरधामस्थित विभिन्न ठाउँमा व्रतालु महिलाले सूर्यदेवको आराधना गर्दै जलासयमा नुहाएर चोखो पकवान ग्रहण गरी पवित्र नहाय खाय विधि सम्पन्न गरेका हुन् ।

यस विधिअन्तर्गत व्रतालुले नदी, पोखरी वा धारामा स्नान गरी शुद्ध भई अरवा चामल र लौकाको तरकारीको प्रसाद ग्रहण गर्ने परम्परा रहेको व्रतालु क्षीरेश्वरनाथ नगरपालिका–५ महेन्द्रनगरकी गीतादेवी साहले बताइन् ।

छठ पर्वको पहिलो दिन नहाय खाय सम्पन्न गरेपश्चात् व्रतालुले सूर्योपासना गर्दै चार दिनसम्मको कठिन व्रत सुरु गर्ने प्रचलन छ ।

चार दिवसीय छठअन्तर्गत कठोर व्रतको पहिलो दिन आज नाहाय खाय, दोश्रो दिन आइतबार खरना, तेश्रो दिन सोमबार उस्ताउँदो सूर्य र अन्तिम दिन मङ्गलबार उदाउँदो सूर्यलाई अर्घ दिने प्रचलन छ ।

यसैगरी, स्थानीय बजारमा छठका लागि केरा, नरिवल, नवैधलगायत आवश्यक पूजा सामग्री खरिदका लागि निकै भीडभाड बढेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top