ट्रेण्डिङ

होमपेज / समाज

राष्ट्रिय सम्मानसहित विपिन जोशीको अन्त्येष्टि गरिँदै

नेपालगाथा २०८२ कार्तिक ४ गते मंगलबार ०९:३५:५९ मा प्रकाशित

काठमाडौं । कञ्चनपुरका विपिन जोशीको आज राष्ट्रिय सम्मानसहित अन्त्येष्टि गरिने भएको छ । इजरायल–हमास युद्धका क्रममा मृत्य भएका जोशीको आज बिहान महाकाली नदीको भुजेला घाटमा अन्त्येष्टि गरिने भएको हो ।

राष्ट्रिय सम्मानसहित जोशीको धार्मिक परम्परागतअनुसार अन्त्येष्टि गर्न लागिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) सागर बोहराले जानकारी दिए । विपिन जोशीको सम्मानमा सशस्त्र प्रहरीले सलामी अर्पण गर्ने उनले जानकारी दिए ।

इजरायल–हमास युद्धका क्रममा जोशी गत २०२३ अक्टुबर ७ मा हमासले गरेको आक्रमणको क्रममा बन्धक बनाइएका थिए । उनी अध्ययनको सिलसिलामा इजरायल पुगेका थिए ।

इजरायलबाट सोमबार मात्र जोशीको शव नेपाल ल्याइएको थियो । 

प्रतिक्रिया

सम्बन्धित खवर

Top