होमपेज / समाज
कञ्चनपुर। ‘हमास’को नियन्त्रणमा रहेर ज्यान गुमाएका विपिन जोशीको शव उनकै घर पुर्याइएको छ । सोमबार राति करिब सवा ८ बजे जोशीको शव धनगढी हुँदै भीमदत्त नगरपालिका–३, मालिकार्जुन टोलस्थित उनको घरमा पुर्याइएको हो । छिमेकीहरु उनको शवको प्रतीक्षामा बसेका थिए ।
सोमबार लक्ष्मी पूजा तथा दीपावलीको दिन भए पनि विपिनको शव आउने भएपछि छिमेकीहरू दीपावली नै नगरी बसेका थिए । विपिनकाे अन्त्येष्टि मंगलबार गरिनेछ ।