होमपेज / समाज
हुम्ला । साइनिङ्ग अस्पताल आइएनएफ नेपाल सुर्खेतको आयोजना सर्केगार्ड गाउँपालिका कार्यालय, सर्केगाड स्वास्थ्य शाखाको समन्वय र सहकार्यमा आयोजनामा असोज २८ गते सायाँ स्वास्थ्य चौकीमा सर्केगाड र २९ गते रोडीकोटमा स्वास्थ्य चौकीमा महिला स्वास्थ्य स्वयंसेविका तथा आमा समूहका सदस्यहरुलाई अभिमुखीकरण कार्यक्रम सम्पन्न भयो।
अभिमुखीकरण कार्यक्रम पश्चात छाला रोग सम्बन्धीको शिविर सायाँ स्वास्थ्य चौकीमा असोज ३० गते र रोडीकोटमा स्वास्थ्य चौकीमा असोज ३१ गते सम्पन्न भयो। उक्त अवसरमा २८३ जना सेवाग्राहीहरुले सेवा लिएका थियो भने ४ नयाँ कुष्ठरोगका बिरामी समेत पत्ता लागेका थिए। उक्त स्वास्थ्य शिविरको नेतृत्व आइएनएफ सुर्खेत साइनिङ अस्पतालका कुष्ठरोग कन्सल्टेन्ट उदयनाथ योगीको सहभागिता थियो।
जसमा सर्केगाड गाउँपालिकाका स्वास्थ्य शाखा संयोजक किरण बुढाथोकी साइनिङ अस्पताल सुर्खेतका हेल्थ असिस्टेन्ट जोनसन् नेपाली, परियोजना अधिकृत लोक प्रसाद गौतम, सम्बन्धित स्वास्थ्य चौकीका स्वास्थ्यकर्मी समेतको विशेष समानता रहेको थियो। भने अन्य व्यवस्थापकीय लगायत अन्य काममा सहयोग गर्नका लागि आइएनएफ नेपाल मुगुका जोलबहादुर बुढा लगायतको संलग्नता रहेको थियो।

असोज २८ गते सायाँ स्वास्थ्य चौकीमा सर्केगाडमा १८ जना महिला स्वास्थ्य स्वयम् सेविका तथा आमा समुहका महिला हरुलाई अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको थियो, उक्त अभिमुखीकरणमा कुष्टरोग रोग, प्रसटब फिस्तुला, अपाङ्गता र साइनिङ्ग अस्पताल आइएनएफ नेपाल सुर्खेतले प्रदान गर्ने सेवा सुबिधा लगायत शिविरमा प्रदान गरिने स्वस्थय सेवा बारे अभिमुकिकरण गरिएको थियो भने उक्त स्थानमा ३० गते छाला रोग शिबिर सम्पन्न भयो। शिबिरबाट ११० जनाले निशुल्क सेवा प्राप्त गरेका थिय।
यसैगरी असोज २९ गते २९ गते रोडीकोटमा स्वास्थ्य चौकीमा महिला स्वास्थ्य स्वयंसेविका तथा आमा समूहका १३ जना सदस्यहरुलाई अभिमुखीकरण कार्यक्रम सम्पन्न भयो। उक्त अवसरमा स्वास्थ्य संथाका अन्य कर्मचारी तथा स्वास्थ्य कर्मीहरुको समेत सहभागिता रहेको थियो। अभिमुकिकरण पश्चात ३१ गते रोडीकोटमा स्वास्थ्य चौकीमा छाल रोग सम्बन्धि स्वास्थ्य शिबिर संचालन भयो शिबिरबाट १७३ जनाले स्वास्थ्य शिबिरको लाभ लिएका थियाे।
.jpg)
शिबिरमा निशुल्क औषधि, कुष्ठरोग कन्सल्टेन्ट र स्वास्थ्य कर्मी समुदायमै गएर सेवा प्रदान गरेकोमा सर्केगाडसर्केगाड गाउँ पालिकाका स्वास्थ्य प्रमुख तथा निमित प्रमुख प्रसाशाकिया अधिकृत किरण बुढाथोकी समुदायमा पुगी सेवा प्रदान गरी पालिका तथा स्थानिय जनसमुदायलाई सेवा प्रदान गरेको, कुष्ठ प्रभावित व्यक्तिहरुको घर भेट समेत गरी सेवा प्रदान गरेकोमा हार्दिक आभार ब्यक्त गर्नु भयो।
यसैगरी शिविरका लाभग्राहीले विशेष धन्यवाद व्यक्त गर्नुभयो। छाल रोगका अतिरिक अपाङ्गता भएका व्यक्ति हरुको पहिचान, अपाङ्गता छनौट, सहायता सामग्रीको अवास्थाय्कता पहिचान , कृतिम अंग ( हात खुटा निर्माण ) निर्माण शिबिर संचालनका लागि खर्पुनाथा गा पा , सर्केगाड, अदानचुली, ताजाको, चंखेली गा पा समेतमा समन्वयात्मक बैठक सम्पान भएको थियो।
.jpg)
कार्तिकको अन्तिम हप्ता सम्ममा फिजियो थेरापिस्ट, अकुपेशनल थेरापिस्ट , P & O प्राबिधिक र मेडिकल अधिकृतको सभागितामा हुम्लाका ४ पालिकामा, पालिका र साइनिङ्ग अस्पताल आइएनएफ नेपाल सुर्खेतको आयोजना तथा आर्थिक सहकार्यमा अपाङ्गता पहिचान तथा स्वस्थय शिबिर गर्ने प्रारम्भिक समझदारी समेत भएको कुरा परियोजना आधिकृत लोक प्रसाद गौतमले बताउनुभयो।