ट्रेण्डिङ

होमपेज / समाज

देशभरको मौसम सफा रहने

नेपालगाथा २०८२ आश्विन २९ गते बुधबार १०:०९:३२ मा प्रकाशित

काठमाडौं । देशभर आज(बुधबार) मौसम सफा रहने छ । देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार आज दिउँसो कोशी, गण्डकी र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहनेछ । कोशी प्रदेशको पहाडी भू–भागका एकदुई स्थानमा हल्का वर्षाको सम्भावना रहेकाे छ ।

त्यसैगरी, आज राति देशभर मौसम मुख्यतया सफा रहने महाशाखाले बताएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top