होमपेज / समाज
काठमाडौं । हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव भने रहेको छैन ।
आज(मंगलबार) दिउँसो कोशी प्रदेश, गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशको पहाडी भू–भागमा आंशिक माैसम बदली रही बाँकी भू–भागमा मुख्यतया सफा रहने छ ।
कोशी प्रदेशको पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले बताएको छ ।
आज राति देशभर मौसम मुख्यतया सफा रहनेछ ।