होमपेज / समाज
काठमाडौं । हाल देशभर उल्लेखनीय मौसम प्रणालीको प्रभाव भने रहेको छैन ।
जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महशाखाका अनुसार आज दिउँसो कोशी र गण्डकी प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी केहि भागमा मुख्यतया माैसम सफा रहनेछ । कोशी प्रदेशको पहाडी भू–भागका एकदुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।
त्यसैगरी, आज राति कोशी र सुदूरपश्चिम प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मुख्यतया माैसम सफा रहनेछ ।