ट्रेण्डिङ

होमपेज / समाज

कोशी प्रदेशको पहाडी भू–भागमा हल्का वर्षाको सम्भावना

नेपालगाथा २०८२ आश्विन २५ गते शनिबार ०९:१०:५७ मा प्रकाशित

काठमाडौं । यस वर्षको मनसुन नेपालको सम्पूर्ण भू–भागबाट बहिर्गमन भएकाले हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव रहेको छैन । शुक्रबारदेखि नेपालबाट मनसुन नेपालबाट बाहिरिएको हो ।

आज दिउँसो कोशी प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मुख्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले बताएको छ ।

कोशी प्रदेशको पहाडी भू–भागका एकदुई स्थान हल्का वर्षाको सम्भावना पनि रहेको छ । महाशाखाका अनुसार आज राति कोशी प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मुख्यतया सफा रहने जनाएकाे  छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top