ट्रेण्डिङ

होमपेज / समाज

दुई प्रदेशमा वर्षाको सम्भावना

नेपालगाथा २०८२ आश्विन २४ गते शुक्रबार १०:२८:३७ मा प्रकाशित

काठमाडौं । आज सुदूरपश्चिम, कर्णाली प्रदेश लगायत लुम्बिनी प्रदेशको पश्चिमी भू–भागको धेरै स्थानहरू र गण्डकी प्रदेशको पश्चिमी भू–भागको थोरै स्थानहरूमा पश्चिमी वायुको प्रभाव तथा बाँकी भू–भागमा मनसुनी वायु तथा स्थानीय वायुको कमजोर प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आज दिउँसो कोशी प्रदेश लगायत देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भूभागमा मुख्यतया सफा रहने छ । कोशी प्रदेश र गण्डकी प्रदेशको पहाडी भू–भागका एकदुई स्थान हल्का वर्षाको सम्भावना रहेको छ ।

आज राति कोशी प्रदेश लगायत गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ । कोशी प्रदेशको पहाडी भू–भागका एकदुई स्थान हल्का वर्षाको सम्भावना पनि रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top