ट्रेण्डिङ

होमपेज / समाज

केही स्थानमा वर्षाको सम्भावना कायमै

नेपालगाथा २०८२ आश्विन २३ गते बिहीबार १०:११:०३ मा प्रकाशित

काठमाडौं । जल तथा मौसम विज्ञान विभागले आज लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पश्चिमी भागका धेरै र गण्डकी प्रदेशका पश्चिमी भेगका केही स्थानमा पश्चिमी वायुको प्रभाव रहेको तथा बाँकी भू–भागमा मनसुनी एवं स्थानीय वायुको प्रभाव कमजोर रहेको भनि जनाएको छ ।

आज दिउँसो कोशी प्रदेश लगायत देशका पहाडी भागमा आंशिक बदली रही बाँकी केहि भागमा मुख्यतया मौसम सफा रहनेछ । देशका पहाडी भागका एकदुई स्थानमा हल्का वर्षाको सम्भावना छ ।

विभागका अनुसार आज राति कोशी, वाग्मती र गण्डकी प्रदेशका पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मुख्यतया मौसम सफा रहनेछ । साथै, यी प्रदेशका पहाडी भागका एकदुई स्थानमा हल्का वर्षाको सम्भावना पनि रहेकाे छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top