ट्रेण्डिङ

होमपेज / समाज

कस्तो रहला आज बिहानदेखि बेलुकीसम्मकाे मौसम ?

नेपालगाथा २०८२ आश्विन २२ गते बुधबार १०:३०:२७ मा प्रकाशित

काठमाडौं । जल तथा मौसम विज्ञान विभागले आज लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका अधिकांश तथा गण्डकी प्रदेशका पश्चिमी भागका केही स्थानमा पश्चिमी वायुको प्रभाव तथा बाँकी भेगमा मनसुनी एवं स्थानीय वायुको कमजोर प्रभाव रहेको भनि जानकारी दिएकाे छ ।

आज दिउँसो कोशी, कर्णाली र सुदुरपश्चिम प्रदेशलगायत देशका पहाडी भागमा साधारणतया माैसम बदली रहनेछ भने तथा तराईमा आंशिक बदली हुनेछ । कोशी, कर्णाली र सुदुरपश्चिम प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना पनि रहेकाे छ ।

त्यसैगरी, आज राति कोशी र मधेस प्रदेशलगायत देशका पहाडी भागमा आंशिक बदली रही बाँकी क्षेत्रमा मुख्यतया मौसम सफा रहने छ । कोशी, मधेस, वाग्मती र गण्डकी प्रदेशका पहाडी भूभागका एकदुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको माैसम विभागले जनाएकाे छ । 

प्रतिक्रिया

सम्बन्धित खवर

Top