ट्रेण्डिङ

होमपेज / समाज

सूर्य ज्योति लाइफ इन्स्योरेन्सद्वारा पुनर्निर्माण कोषमा एक करोड पचास लाख सहयोग

नेपालगाथा २०८२ आश्विन २१ गते मंगलबार १७:४२:०० मा प्रकाशित

काठमाडौं । सूर्य ज्योति लाइफ इन्स्योरेन्सले भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा एक करोड ५० लाख रुपैयाँ सहयोग गरेको छ ।

जेनजी आन्दोलनको क्रममा आगजनी र तोडफोडमा क्षति भएको भौतिक संरचनाको पुनर्निर्माण, आर्थिक पुनरुत्थान र राहत लगायतका कार्यका लागि सरकारले स्थापना गरेको कोषमा कम्पनीले सहयोग गरेको हो । मंगलबार कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रकाश विक्रम खत्रीले अर्थमन्त्री रामेश्वर खनालमार्फत कोषमा सहयोग गरेका हुन् ।

कम्पनीबाट सरकारले स्थापना गरेको राष्ट्रिय वाणिज्य बैंकस्थित खातामा एक करोड पचास लाख रुपैयाँको चेक हस्तान्तरण गरिएको हो । कम्पनीले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत सहयोग गरेको बताएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top