ट्रेण्डिङ

होमपेज / समाज

उपनिर्वाचन स्थगित

नेपालगाथा २०८२ आश्विन १९ गते आइतबार २०:१४:५१ मा प्रकाशित

काठमाडौं । मनाङ प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं. १ अन्तर्गतको प्रदेश सभा निर्वाचन क्षेत्र नं. २ को उपनिर्वाचन स्थगित भएकाे निर्वाचन आयोगले जनाएकाे                      छ।

जेनजी आन्दोलनका कारण स्थानीय प्रशासनबाट कर्फ्यु आदेश जारी भएपछि पूर्व निर्धारित कार्यक्रम कार्यान्वयनमा असर परेको कारण देखाउँदै आयोगले आगामी कात्तिक १७ गते हुने गरी तोकेको उक्त उपनिर्वाचन स्थगित गरेको हो । 

निर्वाचन आयोग, नेपालका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त राम प्रसाद भण्डारी, निर्वाचन आयुक्त डा. जानकी कुमारी तुलाधर र सगुन शम्शेर ज.ब.रा. लगायतका पदाधिकारी र नेपाल सरकारका अर्थमन्त्री रामेश्वर प्रसाद खनाल, गृहमन्त्री ओम प्रकाश अर्याल, कानून, न्याय तथा संसदीय मामिला मन्त्री अनिलकुमार सिन्हा लगायतबीच भएको छलफलपछि यस्तो निर्णय गरिएको आयोगले आइतबार जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएकाे छ । 

मनाङबाट निर्वाचित दीपक मनाङे ज्यान मुद्दामा दोषी ठहर भएपछि उनी पदमुक्त भएका थिए । प्रतिनिधिसभा विघटन भए पनि प्रदेशसभा कायमै रहेकाले सो स्थानमा उपनिर्वाचन गराउनुपर्ने अवस्था छ । 

प्रतिक्रिया

सम्बन्धित खवर

Top