ट्रेण्डिङ

होमपेज / समाज

मौसममा क्रमिक सुधार

वर्षा गराउने प्रणाली नेपालबाट बाहिरियाे

नेपालगाथा २०८२ आश्विन १९ गते आइतबार १७:४९:२१ मा प्रकाशित

काठमाडौं । जल तथा मौसम विज्ञान विभागका अनुसार वर्षा गराउने न्यून चापीय मौसम प्रणाली नेपालबाट बहिरिएर मनसुन कमजोर भएसँगै मौसममा सुधार आएको छ। विभागका अनुसार तर मनसुन बहिरगमन भइ नसकेकाले अझै केही दिन रहने छ। विभागले आज एक विज्ञप्ति जारी गर्दै असोज २० गते अपरान्हसम्म नदी आसपासका क्षेत्रमा जोखिम कायमै रहेको जनाएको छ।

कोशी नदी चतरा केन्द्रमा बहाव खतरा तहको नजिक रही हाल स्थिर अवस्थामा रहेको हुँदा नदी तटियक्षेत्र तथा डुवान भइरहने क्षेत्रमा २० गते मध्यान्हसम्म सतर्कता अपनाइराख्न अनुरोध गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top